महिलाहरु सत्तामा आफ्नो नेतृत्व खोज्दै सडकमा

सुर्खेत । नेपालमा महिला आन्दालनको इतिहास लामो छ । थुप्रै महिलाहरुको आन्दोलन, त्याग र तपस्याको कारणले नेपालको संविधानमा महिला अधिकार, महिला मैत्री नीति तथा कानुनहरु निर्माण भएपनि प्रभावकारी रुपमा महिलाले अनुभुती हुने गरी कार्यान्वयन् हुन् सकेको छैन् ।

नेपालको संविधानले महिलाको समानता, अवसर, अधिकार र अधिकारिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ। त्यसैले, संविधानले महिलालाई राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा प्रतिनिधित्वमा र पहु“चमा बढी गराउने लक्ष्य राखेको हो ।

नेपालमा महिलाको संख्यात्मक प्रतिनिधित्वलाई बढाउने प्रयासहरू भएका छन्, तर अझै पनि अधिक सुधारका आवश्यकता छ । सामाजिक, आर्थिक, राजनीतिक र कानूनी क्षेत्रमा महिलाको सम्मानजनक रुपमा े प्रतिनिधित्व र सहभागिता गराउन सकिरहेको अवस्था छैन् ।

आम महिलाहरुलाई आफ्नो अधिकारका बारेमा जागरूक बनाउन, , समाजमा समानता र सम्मान जनक रुपमा हरेक तह तथा तप्कामा महिलाको सहभागिता सुनिश्चितता गर्नका लागि नेपालमा अनुपम अभियानको सुरुवाती गरेको पाइएको छ ।

यो अभियान अन्तरपुस्ता पुस्ता महिलाबादी मंचले सुरुवात गरेको हो हालसम्म यो अभियान पुर्व देखी पश्चिम सम्म बसयात्रा गरिसकेको छ भने सवै प्रदेश, जिल्ला र पालिकाहरुमा गर्ने लक्ष्य भए अनुरुप आज कर्णाली प्रदेशमा यो अभियान गरिएको पाइएको छ ।

आजको यस कार्यक्रममा कर्णाली प्रदेशका महिला अभियान्ताहरुको सहभागिता भएको पाइएको थियो ।

कार्यक्रमको सहभागी, आवाजको कार्यकारी निर्देशक श्री पवित्रा शाहीका अनुसार, “नेपालमा अव महिलाहरु नेतृत्व लिन सक्ने भएका, अव राजनीतिक क्षेत्रमा महिलाहरु अग्रसर भएर स्वयम् महिलाले नै नेतृत्व लिन सक्नुपर्छ, यो ग¥यो भने महिलाको राजनीतिक नेतृत्वमा बृद्धि हुनेछ”।

त्यसैगरी बाल विवाह विरुद्ध साझा अभियान संजाल सुर्खेतको, श्री संगिता वलीले “नेतृत्वमा महिला नहु“दा अंझैपनि महिलाले हिंसा सहनुपरेको, अवसरबाट बञ्चित हुनुपरेको र आफ्नो अधिकार के हो भनेर बुझ्न नसकेकोले यो

अभियानले महिलालाई ससक्त बनाउन सहयोग पु¥याउने” कुरा बताएकि थिइन् । त्यसैगरी दलित महिला अभियान्ता, पुष्पा नेपालीले “सवै वर्ग, क्षेत्र र राजनीतिक आस्ता भएका महिला एकजुट हुने, सवै महिला राजनीतिमा जाने, महिलाहरु राजनीतिक आस्थाबाट माथी उठ्ने र सत्तामा २०८४ को चुनावबाट ५० प्रतिशत भन्दा बढि महिलको सिट सुनिश्चितता गर्नैपर्ने यसका लागि आफु तयार रहेको”जानकारी दिएकीछिन् ।

कालिकोटको युवा महिला अभियान्ता विपना अधिकारीले “कर्णालीमा छोरा र छोरीमा अंझैपनि विभेद रहेको छ, यसलाई रोक्न हामी यो अभियान प्रत्येक जिल्ला र पालिकामा गर्ने छौं, जसले सवै महिलालाई जागरुप र एकठाउमा ल्याउन सहयोग पु¥याउने छ,” भनेर बताएकी छिन् ।

अपा¨ता भएकी महिला अभियान्ता तुलसी बुढाले “नेतृत्व तहमा अपा¨ता महिलालाई अवसर सृजना गर्न सवै महिलाको साथ र सहयोग आवश्यक रहेको छ । हामी अन्य सामान्य महिला भन्दा बढि जोखिमा रहेको र अवसरबाट बञ्चित भएका”े कुरा बताएकी छिन् । यो देशव्यापि महिलाबादी अनुपम अभियान एउटा न्यायिक र समतामुलक समाज बनाउ सहयोग पु¥याउनका लागि सुरुवात गरिएको पाइएको छ । अन्तरपुस्ता महिला बादी मंचकी प्रतिनिधी इरादा गौतमज्युको नेतृत्वमा यो अभियान गरिएको हो । यो अभियान, सुर्खेतको मंगलगढी देखी पिपल चौतारासम्म ¥याली गरे पश्चात साथ पिपल चौतारामा कोणसभा गरी सम्पन्न भएको थियो ।

आगामी चुनावमा महिलाहरुलाई सवै राजनीतिक दलले स्थान दिने उम्मेद्धार बनाउने हो भने महिलाको नेतृत्व तहमा सहभागिमा बृद्धि हुने र समानतामुलक नेपाल निर्माण गर्न सकिने देखिन्छ ।