प्रशासन कार्यालय दैलेखमा अब निवेदन लेख्न नपर्ने

सेवाग्राही हरूलाई कम झन्झट होस भने हेतुको साथ जिल्ला प्रशासन कार्यालय दैलेखले अब देखि निवेदन लेख्न नपर्ने व्यवस्था मिलाएको छ। आज जरुरी सूचना जारी गर्दै प्रशासनले त्यो कुराको व्यवस्था मिलाएको प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाले बताउनुभयो। वडा कार्यालयको सिफारिस भएको खण्डमा प्रशासनको हेल्प डेक्सबाटै कामकाज अगाडि बढ्ने भएको हो। जिल्ला प्रशासनले अहिले सेवाग्राहीहरूको स्वास्थ्य चेकजाँच, जन गुनासो समेत सुन्दै आएको छ। केही दिन अगाडी मात्र आउनुभएको प्रमुख जिल्ला अधिकारी बर्दिनाथ गैह्रेले प्युठान, कालिकोट, रुकुम पश्चिम, धादिङ लगायतका जिल्लामा बस्ने क्रममा प्रशासन कार्यालयका संरचनाहरुमा थुप्रै परिवर्तन गर्नु भएको थिए। उहाँको गृह मन्त्रालयमा स्वच्छ र निडर प्रशासकको छवि समेत रहेको बुझिन्छ। गैह्रेको यो कदमले दैलेख जिल्लामा पनि नयाँ काम गर्न खोजिरहेको जस्तो देखिन्छ।