कारागारलाई दुल्लु नगरपालिकाको सामग्री सहयोग

दुल्लु नगरपालिकाले कारागारलाई सामग्री हस्तान्तरण गरेको छ। आज एक कार्यकम बीच दुल्लु नगरपालिकाका मेयर भरत रिजाल र प्रमुख प्रशासकीय अधिकृत तिलक बिक, इन्जिनियर सौगात कार्कीको टोलीले सामग्री हस्तान्तरण गरेको हो। सुशासन, पारदर्शिता जनसेवामुखी कार्यमा कर्णाली प्रदेशकै उत्कृष्ट नगरपालिकाको रूपमा रहेको दुल्लु नगरपालिकाले जिल्ला स्थित कैदीबन्दीहरु बाटै माग आइसके पछाडि सक्दो सहयोग गरेको मेयर भरत रिजालले बताए। पालिकाले पानी ट्यांकी एक थान, क्यारम बोर्ड एउटा, त्रिपाल तीन थान, भविबल दुई थान, भलिबल नेट एक थान, टेबलटेनिस नेट लगाएका सामग्री हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताए। कारागार सुधार गृहमा सानो सहयोगले ठूलो महत्व राख्ने दैलेख कारागार प्रमुख लिलु गिरीले बताए। दुल्लु नगरपालिकाले गरेको यो सहयोगको लागि हामी आभारी छौं उनले भने। बन्दी जीवन बिताइरहेका पदम प्याकुरेलले भने हाम्रो पनि दुःखसुख बुझ्न आएकोमा  मेयर भरत रिजालाई धन्यवाद दिन चाहन्छौं। पहिलोपटक जनप्रतिनिधि कारागार प्रशासनमा गुनासो बुझ्न गएपछि सबै कैदी बन्दीहरू खुसी भएका थिए।