नेपाली कांग्रेस दैलेख क्षेत्र नं-१ काे तेर्सो क्षेत्रीय सम्मेलन आज भव्य रूपमा सम्पन्न भएको छ। आज जिल्ला समन्वय समितिकाे हलमा भएको सम्मेलनबाट कांग्रेसले तीनवटा कुरालाई जोड दिएको पाइएको छ। कांग्रेसको १०० दिने अभियान, जनतासँग कांग्रेस, शहीद बेपत्ता पुराना काङ्ग्रेसको सँग घरदैलो अभियान , र संगठन विस्तार लगायतका मूल एजेन्डा सम्मेलनमा बोकेको थियो। नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति दशरथ खड्काको सभापतित्वमा कार्यक्रम चलेको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस दैलेखका पार्टी सभापति मणिराम रेग्मीले सम्पूर्ण जिल्लाका नेता कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्य यही महिनाको १४ गते सम्म बुझाउन लाग्न अनुरोध गरे भने विशेष अतिथि कर्णाली प्रदेश सांसद एवं पूर्व पर्यटन मन्त्री कृष्ण कुमार बिसीले आसन्न महाधिवेशन र चुनावमा दैलेखको पार्टी एक ढिक्का गराउनका लागि आफूले जुनसुकै त्याग गर्न पनि तयार रहेको बताए। भने युवा नेता तथा महाधिवेशन प्रतिनिधि भूपेन्द्र शाहीले आम कांग्रेसीहरूले तोकेकै मितिमा महाधिवेशन गर्न चाहेका र कसैलाई मन्त्री प्रधानमन्त्री बन्नका लागि महाधिवेशन सार्न नहुने तर्क राखे भने अर्का युवा नेता प्रकाश न्यौपानेले तोकेको मितिमा क्षेत्रीय सम्मेलनमा सहयोग पुर्याउने नेता कार्यकर्ता हरूप्रति आभार व्यक्त गरे।
अनलाइन नागरिक १३ बैशाख २०८२, शनिबार १८:३९