दैलेखमा पनि सुनचाँदी व्यवसायहरू आन्दोलित

कुमार नेपाली

दैलेखमा पनि सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन्। केन्द्रीय आन्दोलन बमोजिम आज दैलेख जिल्लाका सम्पूर्ण सुनचाँदी पसलहरू बन्द गरिएको छ। दैलेख सुनचाँदी व्यवसाय सङ्घ , दुल्लु सुनचाँदी व्यवसाय सङ्घ, दैलेख रत्न आभूषण सङ्घको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा आजै ज्ञापनपत्र बुझाइएको हो। सुन र बहुमूल्य चिजहरूमा सरकारले अचाक्ली कर बढाएको भन्दै प्रशासनमा ज्ञापन पत्र बुझाइएको हो। अटोमेटिक सुनमा कर लगाइसके पछाडि पनि फेरि अतिरिक्त कर सरकारले। लगाइ दिएर हामि र ग्राहकलाई मर्का परेको हुँदा हामी आन्दोलित हुनुपरेको सुनचाँदी व्यवसाय सङ्का अध्यक्ष खगीराम सुनारले बताए। हाम्रो माग सम्बोधन नभएको खण्डमा थप आन्दोलनका कार्यक्रम गरिने दुल्लु सुनचादी व्यवसाय सङ्घका अध्यक्ष याम बहादुर बिकले बताए। भोलि पनि केन्द्रीय कार्यक्रम बमोजिम पसलहरू बन्द गरिने कार्यक्रम रहेको छ। सरकारले आर्थिक वर्ष ८२/ ८३ को लागि सुन लगायत बहुमूल्य चिजवस्तुमा अतिरिक्त कर लगाएको थियो।