प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाण र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेका छन्। सहभागीहरु एमसिसीलगायतका विषयमा केन्द्रित रहने स्रोतको भनाइ छ।