गृहमन्त्री भन्छन् – एमसीसी राष्ट्रहितमा छ

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरी बलको ५ नम्बर विन्ध्यावासिनी बाहिनी मुख्यालय उद्घाटन गर्दै मन्त्री खाँडले एमसीसी राष्ट्रको हितमा रहेको भन्दै सेना आउने कुरामा कुनै सत्यता नरहेको बताएका छन् ।
एमसीसी नाममा सडक आन्दोलन भएको र त्यो आन्दोलनमा शसस्त्र प्रहरीले देशलाई शान्ति व्यवस्था कायम राख्न सफल भएको उनको भनाई थियो ।


मन्त्री खाँणले आसन्न स्थानीय तहको निर्वाचनलाई सभ्य रुपमा सम्पन्न गर्नका लागि सुरक्षाकर्मीको भूमिका उल्लेखनीय रहनेमा बिश्वास व्यक्त गरे ।