भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग द्वारा सडक डिभिजन, काठमाडौँ लाई सम्मान गरेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल बाट एक कार्यकम बीच सडक डिभिजन,काठमाडौं लाई प्रशंसा पत्र सहिद सम्मान गरेको हो। सडक डिभिजन, काठमाडौंले आर्थिक वर्ष २०७९/८० मा सडक मर्मत संभार कार्य उत्कृष्ट रूपमा सम्पादन गरेको भन्दै सम्मान गरेको हो। निर्धारित समयमा परियोजनाको काम सम्पन्न ,सँगै गुणस्तरीय कामको सम्बन्धित निकाय संगको सहकार्य जनता संगको सहकार्य लाई बलियो ढंगले स्थापित गर्दै कार्यालयले स्थानीय बासीको मन जितेको थिए। यो कार्यको लागि समाजिक सञ्जाल तथा सञ्चार माध्यममा कार्यालयको प्रशंसा समेत भएको थियो। तर कसरी भएको थियो उत्कृष्ट ? यसको मुख्य कारण थियो सडक डिभिजन, काठमाडौंको प्रमुख इन्जिनियर नारायण निहुरेको लगनशीलता र उहाँलाई नजिकबाट चिन्ने मन्त्रालयका र विभागका कर्मचारी भन्छन् उहाँको भलादमी पन सँगै उहाँको काम प्रतिको इमान्दारिता कै कारण कार्यालयले यो सफलता हात पारेको हुन् सक्ने बताउँछन्। पुष्पलाल मध्यपहाडी राजमार्ग संगै पश्चिम नेपालको अन्य निकायमा काम गर्दा समेत उहाँको उल्लेखनीय कामको चर्चा अहिलेसम्म पनि हुँदै आइरहेको छ। प्रमुख निहुरेले भने आफ्नो कामप्रतिको यो सफलताको पछाडी सडक डिभिजन काठमाडौंका सम्पुर्ण कर्मचारी परिवारको हात रहेको बताएका छन्। यो सम्मानले थप काम प्रति अझ हामीलाई थप जिम्मेवारी बनाएको बताएका हुन्।
अनलाइन नागरिक ३२ श्रावण २०८०, बिहीबार ०८:४७