२०६३ साल देखि सरकारी लोकसेवा जागिर सुरु गरे दैलेख बाट।
२०५२ साल मा एसएलसी , सुर्खेत EAGER ब्रिज बोर्डिङ स्कुल बाट – जिल्ला टोप (७८%)
२०५५ साल मा ASCOL बाट क्याम्पस टोप (७५.४%)
स्कलरसिप मा नाम निस्केको , मणिपाल कलेज अफ मेडिकल साइन्स , त्यहाँ नी टपर भित्र नै पर्थे।
धेरै साथी हरु पढाइ सकेपछि अमेरिका लागे, राम्रो oppurtunity देखेर।
म यतै बसे, परिवार तथा समाज को माया ले अड्कायो यहाँ, बहिनी हरु लाई पढाइ मा बाटो देखाउनु थियो, आमा वा को सहारा बन्नु थियो। एक्लो छोरा हो म घर को।
लोकसेवा बाट ४ वर्ष दैलेख बसी स्कलरसिप मा सर्जरी पढे २०६६ मा।
लगत्तै बुटवल, महेन्द्रनगर, धनगढी सरकारी अस्पताल मा काम गर्दै विभिन्न अनुभव संगाल्दै २०७३ मा सुर्खेत आइपुगे आफ्नो ठाउँ मा काम गरौं भनेर।
सुर्खेत को अवस्था देखेर उदेक लाग्यो, परिवर्तन गर्न खोजे ,कसैको साथ भएन ,मेरो ढंग पुगेन पनि होला।
विरक्तिएर अमेरिका जाने प्लान गरे।
संचित बिदा को उपयोग गर्दै अमेरिका पढाइ को तयारी गरे, अमेरिका गए, तर अमेरिका पुगेर नी आत्म सन्तुष्टि भएन।
सुर्खेत फर्के, सुरु बाट सुरुवात गर्छु, राम्रो काम गर्नु छ, चिकित्सक को छवि सुधार्नु छ, स्वास्थ्य मा भएको विकृति हटाउनु छ भनी अगाडि बढे।
सरकारी डाक्टर भएको ले प्राइभेट प्राक्टिस त्यागेर होसपिटल मै ध्यान दिए।
काम गर्ने क्रम मा फेरि चुनौती आए, षडयन्त्र भए, मेहेल्कुन् अस्पताल आए।
यहाँ पनि त्यस्तै भयो।
के यो देश साच्चै सती ले सरापेको देश हो?
सिस्टम अनुसार मा काम गर्ने मान्छे लाई यो देश लाई आवश्यकता नभएकै हो?
के फेरि मैले नेपाल छोडेर अमेरिका को बाटो लिनु पर्ने हो?
होइन, हामी लड्नु पर्छ।सच्चा मान्छे कमजोर भयो भने सत्यता को हार हुन्छ।
त्यसैले लड्ने सोछेको छु।
ठीक बेठीक के हो सबै ले आफ्नो बुद्धि विवेक प्रयोग गरेर छुट्याउनु जरुरी छ।
यो लड़ाई मेरो पर्सनल लड़ाई नभएर संपूर्ण न्यायप्रेमी जनता र समाज को लड़ाई हो !!!!!! यो भनाइ राख्ने डाक्टर सोजन सापकोटा हुन। उनी आम स्वास्थ्यकर्मीहरूको बीच निकै सरल कर्मनिष्ठ छवि बनाएका चिकित्सक हुन्। उनको यो मर्मस्पर्शी फेसबुक स्टाटस अहिले भाइरल भइरहेको छ। दुर्गममा गएर सेवा गर्ने चिकित्सकलाई सम्मान गर्नुपर्ने ठाउँमा आत्मबल कमजोर बनाउने क्रियाकलाप कसैबाट पनि हुनुहुँदैन भन्ने जनमानसबाट टिप्पणी पनि भइरहेको छ।
अनलाइन नागरिक २० श्रावण २०८१, आईतवार २१:०१