पीएचडी गर्ने सपना छ : स्वस्तिका

एउटा गजबको सपना बुनेकी स्वस्तिकाको सपना भनेकै पीएचडी गर्ने छ । केही दिनअघि अगाडि मात्र मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा दुई विधा Vice-Chancellor’s Award र Dean’s List Award बाट सम्मानित भई दिशान्त भएकी सुर्खेत खजुरा निवासी स्वस्तिका गदाल कर्णालीकै उत्कृष्ट विद्यार्थी भएकी हुन्। पिता रेशम गदाल र आमा अन्जु चालिसेको कोखबाट २०५६ सालमा जन्मिएकी स्वस्तिकाको प्राइमरी अध्ययन भने श्रीकृष्ण सांस्कृतिक विद्यालय इत्राम बाट अध्ययन सुरु गरेकी थिइन्। सानोदेखि नै आज्ञाकारी छोरीकी रूममा रहेकी स्वस्तिका पेन्टिङमा अब्बल छिन्। निकै सरल स्वभावकी स्वस्तिका सरकारले साथ दिएको खण्डमा आफ्नो सपना पीएचडी गर्ने र देशवासी र कर्णाली बासीको सेवामा लाग्ने सपना समेत देखेकी छिन्। अहिले उनी राजधानीमा बसी अध्ययनमै जुटेकी छिन्। अध्ययनशील स्वस्तिकाको  यो पुरस्कारले सिङ्गो कर्णाली बासीको सान बनिकी। र कर्णाली प्रदेशका छोरीहरूको प्रेरणा पनि।