पेट्रोलियम पदार्थ अन्वेषण ‘ड्रिलिङ’ मेसिन दैलेखमा

पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको १५० ‘ड्रिलिङ’ मेसिन मध्य तीन ट्रक सामान्नहरू दैलेखमा आज आइसके छन्। सामग्रीको आगमन सँगै आयोजनाले थप रौनकता थपिएको छ। निकै महत्त्वपूर्ण सामग्रीका रुपमा रहेका सामानहरू रूपडिया नाकामा केही समय सम्म रोकिएपछि र दैलेखका साँघुरा बाटोहरुमा ल्याउन निकै समस्या देखा परे पछि आज मात्रै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको रोबरमा चिनियाँ प्राविधिक टोलीलाई समान्न हस्तान्तरण गरियो छ। पेट्रोलियम पदार्थ अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले आजको दिन यो मेरो पनि सौभाग्यको कुरा हो मुलुकको भविष्यसँग जोडिएको सामाग्री आयोजना स्थलमा आयोजना पुगेको छ। अब नतिजा दिन आफू आतुर रहेको नापितले बताए।ड्रिलिङ’ को काम अब धमाधम सुरु हुनेछ । अब मेसिन जडान गर्दै ‘ड्रिलिङ’ गर्नुपर्ने हुन्छ । उक्त स्थानमा करिब ४.५ किलोमिटर गहिराइमा ‘ड्रिलिङ’ गरिने योजना छ नापित भने । त्यसपछि ‘ड्रिलिङ’ पश्चात् मात्रै पेट्रोलियम भण्डारण पत्ता लाग्ने छ । भैरवी गाउँपालिका–१, जलजलेमाका स्थानीय बासिन्दाहरूसँग मुआब्जा वितरणको बेला स्थानीय प्रशासनले गरेको सहमति बमोजिम जायज माग पूरा गर्ने क्रममा स्थानीयलाई रोजगार दिने सहमति अनुसार आजैबाट १२ जना स्थानीयलाई रोजगारीको व्यवस्थापन मिलाएको र सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइएको र सुक्ष्म ढंगले अन्य सुरक्षाकर्मिको चाजोबाजो मिलाएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। भुसालले भने जिल्लाका सम्बन्धित निकाय व्यक्तित्वहरु सँग पनि आयोजनाको विषयमा समन्वय गर्दै अगाडि बढेको र यो आयोजनाको ३ करोड नेपालीको भाग्य भविष्य सँग जोडिएको काममा प्रमुख जिल्ला अधिकारीको हैसियतले काम गर्न पाउँदा मेरो लागी पनी सौभाग्यको विषय भएको खेमराज भुसाल बताए। आयोजनाको काम लागी प्रशासन बाट कुनै कसरत बाँकी नराख्ने भुसाल भने। अब अन्य १४७ ट्रक सामग्रीहरू आउने क्रम जारी नै रहेको छ।