नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली स्नेहीले आज नेपाली कांग्रेस दैलेखको नेता कार्यकर्ता भेटघाट कार्यक्रममा गरेको भाषणमा सयौं पटकभन्दा बढी ताली बजेको छ। नेपाली कांग्रेस भित्र रहेको विद्यमान समस्या र पार्टी नेताहरु चुकेको विषयवस्तुलाई कलात्मक ढङ्गबाट विश्लेषण गर्दै गरेको भाषणमा तालीले उपस्थित नेता कार्यकर्ताहरू बाट पुरै पार्टी कार्यालयनै गुन्जिएको थियो। उने भने नवीन सोच बोकेको युवा नेतृत्व १५औं महाधिवेशनमा विजय गराए पार्टीमा गुट उपगुट सानो ठूलो धनी गरिब विभेद अन्त्य हुने गरी क्रान्तिकारी कांग्रेसको उदय गराउने आफ्नो सपना रहेको बताए। अब कांग्रेसले विनोद चौधरीको पनि एकमत हो विनोद चौधरीको घरमा काम गर्ने मजदुरको पनि एक मत हो ,पार्टी सभापति शेरबहादुर देउवाको पनि एकै मत हो, नेपाली कांग्रेसको क्रियाशील सदस्यको पनि एउटा मात्र मत हो। भन्ने लोकतन्त्रको कल्पना गर्न खोजेको बताए। अब कांग्रेस पाटी धनीको पनि हो गरिब पार्टी हो मजदुरको पनि हो युवाको पनि हो, र वृद्धा वृद्धिको पनि पार्टी हो, कर्णालीको पनि हो, पार्टी काठमाडौँको पनि हो। भने सन्देश बोकेर समाजवादी यात्रामा १५औं महाधिवेशन पछि कांग्रेस अगाडि बढ्नुपर्ने बढ्ने बताय। २०१५ सालको आम निर्वाचनमा ७०% भन्दा बढी मत ल्याए झैँ मिसन रोजगारको नारा लिएर नेपालीको भाग्य र भविष्य परिवर्तन गर्ने बेला आएको बताएका हुन्। उनीले थप्दै फेरि भने बालेन रविहरुले निराशाको खेती गरिरहेका बताए। नेपालमा केही हुन्न भन्ने भ्रम फैलाएर जनताको मत आफूतिर तान्ने कोसिस गरिरहेका बताए। १० वर्ष अगाडि को कर्णाली अवस्था के थियो अहिलेको कर्णालीको अवस्था तपाईं हाम्रो आँखा अगाडि छर्लङ्ग छ। तर पनि नेपालमा केही हुँदैन भन्ने भाष्य बढ्दै गइरहेको उनीले बताए। अहिले हामी पार्टीमा युवा चाहियो भन्छौं। तर सुगर प्रेसरकोऔषधि समेत पचाउन नसकेका र बीपीको पालादेखिका केन्द्रीय सदस्यहरू अहिले पनि हाम्रो कमिटीमा पनि छन्। ४८ सालदेखि ८४ सालसम्मको टिकट मागिरहेका नेताको बारेमा केही पनि चुक्क बोल्दैन। अनि हामी भन्छौं कांग्रेसमा युवा नेता छैनन् जबकी पुरानो देखि नयाँ पुस्ताले समेत मन पराएका कांग्रेसका महामन्त्री गगन थापा युवा नेता हुन् कि होइनन्..? त्यो तपाईँहरूलाई राम्रोसँग थाहा छ। गगन थापा उपस्थित कार्यक्रममा सेल्फी खिच्ने देखि विचार र विकासको बहस सुन्ने मान्छेहरूको हजारौँ हजार भिड लागेको छ। सामाजिक सञ्जालमा बालेन रवि र एमालेको विषयमा लेख्न कमेन्ट गर्न डराउने कांग्रेसका भातृ संगठनका नेता कार्यकर्ताहरु कायर हुन् यस्ता मान्छेहरु पार्टीमा काम नरहेको बताए। कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडा अध्यक्ष हरु मेयरहरु र माननीयहरू लोकसेवा पास गरेर आय यस्ता गरेका छन्। नेपाली कांग्रेसका नेता कार्यकर्ता देख्दा लाज माने जस्तो गर्छन। उनीहरूको चुनावमा ज्यानको प्रवाह नगरी जीलाउन खट्टिएका आफ्ना नेता कार्यकर्तालाई बाइपास गरेर आफ्ना भान्जा भान्जी साली सालालाई सहयोगी राखेका छन्। तिनको तलब भत्ता समेत आफूले बुझेका बताए। त्यो हिसाब किताब पार्टीले राखेको छ। स्नेही नेपाली काङ्ग्रेसको निकै क्षमतावान नेता हुन्। कांग्रेसको १५औं महाधिवेशनमा गगन थापा सभापति, महामन्त्रीमा प्रकाश स्नेही चुनावमा होमिने आकलन समेत गरिएको छ। स्नेही नेपाली कांग्रेसको युवा हरू माझ निकै लोकप्रिय नेता मानिन्छन्। आजै नेपाली कांग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय
जगजङ थापाको शालिकमा समेत बाल्यपन गरेका छन्। स्नेह कर्णाली प्रदेशका जिल्लाहरूका नेता कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ।


अनलाइन नागरिक २ असार २०८२, सोमबार २३:११