राँझा चोकमा नेपालगन्ज जाँदै गरेको बस दुर्घटना

नेपालगन्ज । कोहलपुर नेपालगन्ज सडक खण्डको राँझा चोकमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सडक छेउमा रहेको डिभाइडरमा ठोक्किदा यात्रुबहाक बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षती भने भएको छैन । केही यात्रुहरु सामान्य घाइते भएका छन् । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।