नेपाल सरकारको निकै महत्त्वकाङ्क्षी योजनाको रूपमा रहेको नयाँ सहर परियोजना राकम कर्णाली दैलेख पनि एक हो। तत्कालीन सरकारले आर्थिक वर्ष ६६/ ६७ सालदेखि देशका १० वटा ठाउँमा परियोजना सुरुगरेको थियो। कालिकोट अछाम र दैलेखलाई केन्द्रबिन्दु पारेर निर्माण गर्न लागिएको नयाँ शहर परियोजना राकम कर्णाली कार्यालयले ढिलै भएपनि ठूलो सफलता हासिल गरिएको छ।आज मात्र एक औपचारिक कार्यक्रम गर्दै आठाबिस नगर विकास समिति र नयाँ शहर परियोजना राकम कर्णाली कार्यालय द्वारा सञ्चालित बगरखेत जग्गा एकीकरण आयोजना अन्तर्गत १३७ रोपनी जग्गाको स्थायी लाल पुर्जा जनतामा जान लागेको परियोजना प्रमुख, इन्जिनियर प्रभास लामिछानेले बताए। परियोजनाले अब परियोजनाले मूर्त रूप लिने कुरामा हामी ढुक्क रहेको बगर खेत जग्गा एकीकरण आयोजना उपभोक्ता समितिका अध्यक्ष गणेश माझीले बताए। अब आयोजनाले लिनुपर्ने जग्गा लगी रोक्का रहेको थप जग्गा स्थानीयलाई फिर्ता गर्ने प्रक्रिया आरम्भ गरेको छ। यो प्रक्रियाबाट १६ जनाले लालपुर्जा प्राप्त गर्नेछन्। आज भएको औपचारिक कार्यक्रमको अध्यक्षता आठबिस नगरपालिकाका मेयर तर्क बहादुर बडुवालले गरेका थिए भने प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बर्दिनाथ गैरे हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै गैरेले मेरो कार्यकालमा प्रशासनिक तहबाट हुने कामहरूको छिटो छरितो र चुस्त बाट अगाडी बढाइदिने कुरामा ढुक्क रहन आग्रह गरे। कार्यक्रममा उपप्रमुख कल्पना थापा चन्द, पूर्व मेयर खड्क राज उपाध्याय, उपप्रमुख दीपा बोहरा, लगायतको उपस्थिति रहेको थियो।


अनलाइन नागरिक २१ असार २०८२, शनिबार २०:५६