शाही पुन: कोषाध्यक्षमा निर्वाचित

नेपाल निजामती कर्मचारी संगठन दैलेखको कोषाध्यक्षमा लोकेन्द्र कुमार शाही सर्वसम्मत चयन भएका छन् ।शनिबार भएको १२औँ जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि पनि शाही पुनः कोषाध्यक्षमा सर्वसम्मत भएका हुन्। शाही चामुण्डा बिन्द्रासैनी नगरपालिकामा अधिकृत छैठौँ पदमा कार्यरत छन्। उनी यहाँ लोकप्रिय कर्मचारीभित्र पर्छन। संगठनभित्र शाही निकै चर्चित छन्। भने महेन्द्र न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।अधिवेसनबाट उपाध्यक्ष खुला नेत्र बस्नेत, उपाध्यक्ष महिला शुशिला मिश्र ,सचीव मिलन कुमार रुपाखेती ,कोषाध्यक्ष लोकेश कुमार शाही ,सह सचिब पृथ ढकाललाई चयन गरिएको छ ।अन्य पदाधिकारी, सदस्य र प्रदेश प्रतिनिधिलाई सर्वसम्मत चयन गरिएको बताईएको छ ।