स्व. खड्काको श्रद्धाञ्जलि सभामा आँसुको धारा बगेको छ। जब पूर्व राज्यमन्त्री हस्तबहादुर मल्लले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गर्दा रुन थाल्नुभयो अनि सुरु भयो कार्यकर्ताहरूको रुवाबासी। मल्लले भने हामीले अभिभावक गुमाएका छौं, मेरो नाता नपर्ने भए पनि पार्टीको नाताले मेरो दाई हुनुहुन्थ्यो। रुँदै भन्नुभयो, अनि कार्यकर्ताहरूले आँसुका धारा बगाए।
एकछिनलाई स्तब्ध बनेको थियो श्रद्धाञ्जली सभा, अझ बढी रुनेमा त कांग्रेसका पुराना नेता कार्यकर्ता थिए। नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा आयोजित श्रद्धाञ्जली सभामा कांग्रेसका नेता कार्यकर्ता, शुभचिन्तक र इष्टमित्रको बालो उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि भने नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य डाक्टर शशांक कोइराला हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै कोइरालाले राम्रो काम गरेपछि मान्छे कमाइन्छ,बीपीको विचार पनि यही थियो स्वर्गीय खड्का बीपी कोइरालाको बाटो हिँडेको मान्छे हो त्यसैले उहाँले पनि धेरै मान्छे कमाउनु भयो। खड्काको पिपल पानी हाल्ने कार्यक्रममा करिब करिब ४ हजार मान्छेको उपस्थिति रहेको थियो। खड्का पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसको पूर्व पार्टी सभापति हुनुहुन्थ्यो, उहाँ सभापति भएका बेलाका विभिन्न जिल्लाका पूर्व पार्टी सभापति समेत कार्यक्रममा उपस्थित रहेको थियो। भने कांग्रेसबाट निर्वाचित सम्पूर्ण माननीयज्यू हरु र जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। परिवारजनले श्रद्धाञ्जली सभा एवं पिपल पानी हाल्ने कार्यक्रममा आउने सबै प्रति आभार व्यक्त गरेका छन्।


अनलाइन नागरिक २५ जेष्ठ २०८२, आईतवार २०:४६