४२ औँ वीपी स्मृति दैलेखमा सम्पन्न

४२ औँ वि .पि स्मृति दिवस अवसरमा दैलेखमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै नेपाली कांग्रेस दैलेखका पार्टी सभापति मणिराम रेग्मीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू पार्टीका सम्पत्ति भएका र कुनै पनि पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिको चिया चौतारामा पार्टीको विषयमा र पार्टीको विषयमा कुरा काट्न नपाइने जे कुरा राख्नु छ पार्टीका औपचारिक कार्यक्रममा आएर राख्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरे।

अब क्रियाशील सदस्यको कामहरू पनि छिटोभन्दा छिटो सक्नुपर्ने भएकाले पार्टीका जिम्मेवार नेताहरुलाई निर्देशनसम्म दिए।

कार्यक्रमको प्रमुख अतिथि महासमिति सदस्य रविन्द्रराज श्रेष्ठले बीपीको समाजवाद हिजो आज र भोलि पनि उत्तिकै सान्दर्भिक रहेको विचार व्यक्त गरेका थिए। भने युवा नेता तथा महाधिवेशन प्रतिनिधि भुपेन्द्र शाहीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको अनुशासनमा रही, पार्टीको निर्देशन लाई अनिवार्य पालना गर्नुपर्ने र पार्टीको संगठन विस्तारमा जोड दिनुपर्ने आग्रह गरेका थिए।

भने अनि कार्यक्रममा दुल्लु नगरपालिकाका मेयर भरत रिजाल भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मिना थापा खड्का लगायतका जनप्रतिनिधि र नेता कार्यकर्ताहरूको  उपस्थिति रहेको थियो।