नेपालमा ४ लाख २० हजार रुपैयाँमै नयाँ इलेक्ट्रिक कार पाइने

काठमाडौं- अटो होस्ट प्रालिले नयाँ मोडेलको इलेक्ट्रिक कार डेरी एम ७ नेपालमा ल्याएको छ । कम्पनीले डेरी ब्राण्डको इलेक्ट्रिक कार नेपाली बजारमा ल्याएको हो ।अटो होस्टले नयाँ परिमार्जन सहित आएको डेरी एम ७ को मूल्य नेपाली बजारमा २१ लाख रुपैयाँ कायम गरिएको छ । यो गाडी किन्न चाहाने ग्राहकहरुले ४ लाख २० हजार डाउन पेमेमेन्ट गरि खरिद गर्न सक्नेछन् ।

यो नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो हाइब्रिड (सोलार र बिजुली ) गाडी हो । यस कारमा १७ किलोवाट आवरको ब्याट्री र १५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ । यसले एक पटकको फुल चार्जमा २३० किलोमिटर रेञ्ज प्रदान गर्दछ ।यसमा ३०० वाट क्षमताको सोलार प्यानल छतमा जडान भएको छ

सोलारले पनि दैनिक घाम लागेको स्थानमा राख्ने हो भने ३० किलोमिटर चलाउन पुग्ने ब्याट्री रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।यसको लम्बाई ३४८० एमएम, चौडाई १५७० एमएम र उचाई पनि १५७० एम ह्वीलवेस २२९७ एमएमको रहेको छ

यसमा हिल एसिस्ट, पावर विन्डो, एसी, हिटर, टचस्कृन, इन्ब्यूल्ट रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोट कि, अलोय ह्वील लगायतका फिचर रहेको छ ।