अन्तर्राष्ट्रिय युवा दिवस दैलेखमा सम्पन्न

२५ औँ अन्तर्राष्ट्रिय युवा दिवस दैलेखमा सम्पन्न भएको छ। ट्रेड युनियन र युवा समिति दैलेखको संयुक्त आयोजनामा आज एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य निर्मला खड्का थापाले हरेक युवासँग छुट्टाछुट्टै प्रतिभा हुने भएकाले प्रतिभाको पहिचान गरी सबै तहका सरकारले विदेश जान रोकी स्वदेशमै काम दिने कुरा मा जोड दिइन। भने कार्यक्रममा बोल्ने अधिकांश अतिथिहरूले स्वदेशमै युवाहरूलाई रोजगार दिनुपर्ने कुरामा जोड दिएका थिए। कार्यक्रमका सभापति एवं ट्रेड युनियन दैलेखका अध्यक्ष नमराज सुवेदीले ट्रेड युनियनमा युवाहरूलाई आबद्ध गराउने लक्ष्य लिएर अब रहेक पालिकामा जाने तयारी रहेको बताएका थिए। कार्यक्रम सञ्चालन भने स्वास्थ्यकर्मी सङ्घ दैलेखको अध्यक्ष प्रेम खड्काले गरेका थिए।