सुर्खेतबाट काठमाडाैं जाँदै गरेकाे बस दाङमा दुर्घटना

सुर्खेत । सुर्खेतबाट काठमाडौँतर्फ गइरहेको बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना भएको हो । बसमा ३९ जना यात्रु सवार रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

घाइतेमध्य तीन जनाकाे अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने लमही अस्पतालमै उपचार भइरहेको छ । आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरुको पहिचान खुल्न सकेको छैन ।