अनुशासन र सामूहिक कार्यको प्रवर्द्धनका निमित्त गुराँस गाउँपालिका दैलेखले आज रानीमत्तामा “गुराँस गा.पा कर्मचारी स्तरीय मैत्रीपुर्ण क्रीकेट” खेल प्रतियोगिता सम्पन्न गरेको छ। समुह क,र ख, गरी जम्मा १६ जना खेलाडीले भाग लिएका सो खेलमा कप्तान राज कसेराको नेतृत्वमा रहेको समूह “क” ले कप्तान नगेन्द्र पाल थापाको नेतृत्वमा रहेको समूह “ख” का विरुद्ध निकै नै रोमाञ्चक प्रतिस्पर्धामा २ विकेटले जित निकालेको छ। खेलमा समूह क,ले टस जितेर फिल्डिङ रोजेको थियो। १५ ओवर रहेको उक्त खेलमा सर्वाधिक ५७ रन ज्ञान बहादुर केसीले बनाएका थिए । भने सर्वाधिक २ विकेट भने शैलेश कुमार बोगटीले लगेका थियो। आपसी भाइचारा आन्तरिक मेलमिलाप र कामप्रतिको लगनशीलता सँगै सामूहिक कार्यमा नयाँ ऊर्जा मिलोस् भने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले बताए। दाहाल भर्खरै मात्रै प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी पाएका हुन्। उनले सरल ढङ्गबाट पालिकामा जनतालाई सेवा प्रवाह गरिरहेका छन्। सम्भवत कर्मचारीको हकमा यो पहिलो जिल्लाकै पहिलो क्रिकेट खेल प्रतियोगिता हो।
अनलाइन नागरिक ३० मंसिर २०८०, शनिबार १९:०१