एन आई सी एशिया बैंक दैलेख द्वारा चेक हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा सर्वश्रेष्ठ बचत खातामा उपलब्ध दुर्घटना बीमा बाफतको १० लाख रुपैयाँ दैलेखकी नन्दा कुमारि कटुवाललाई आज एक कार्यक्रम बीच उत्त रकम बैंकले हस्तान्तरण गरेको छ।शाखामा सर्वश्रेष्ठ Ambassador बचत खाता खोल्नु भएका स्वर्गीय चक्र बहादुर कटुवाल नन्दका पति हुन्। उनको श्रीमानको दुर्घटना पश्चात् मृत्यु भएपछि श्रीमती नन्दा कुमारी कटुवाललाई दुर्घटना बीमा वापत १० लाख रुपैयाँ रकम प्राप्त गरेकी हुन् । बैंकको बचतसँगै बीमा फाइदाको सुविधा अन्तर्गत निज खातावालाको दुर्घटनाबाट मृत्यु भएपछि निजको परिवारलाई खाता वापतको रकम बैंकले प्रदान गरिएको हो । यस कार्यक्रमका बिच एन आई सि एशिया बैंकका कर्णाली प्रदेश प्रमुख राजन प्रसाद पोखरेलले सो रकमबराबरको चेक वितरण गरेका थिए। पीडित परिवारलाई सो कार्य गर्न पाउँदा आफूलाई खुसी लागेको दैलेख शाखा प्रमुख सुजल कुमार मल्ल बताए।देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, ढङ्गबाट एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक रहेको कर्णाली प्रदेश प्रमुख रामप्रसाद पौडेलले कार्यक्रममा बताए। आफूले नसोचेकै पैशा प्राप्त गरेको बीमित कटुवालले बताएकी छन्।