हिरासत कक्षमा पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय दैलेखले आफ्नो हिरासत कोठामा पुस्तकालय स्थापना गरेको छ। हिरासत भित्र रहेका मानिस लाई असल जीवन जिउने प्रेरणा मिलोस भने उद्देश्यका साथ बहुउपयोगी पुस्तकहरू सामान्य ज्ञान, धार्मिक ग्रन्थ, उपन्यास कविता महान मान्छेका जीवनीहरु समेटिएको पुस्तकहरूको साथमा स्थापना गरिएको हो। समाजमा रहेका समाजसेवी बुद्धिजीवी कर्मचारी लगायतका सहयोगी दाताहरुबाट संकलन गरेर पुस्तकालय स्थापना गरिएको। थुनुवा लाई सत्कर्ममा हिड्ने बाटो ज्ञान प्राप्त होस् भन्ने हेतु का साथ हिरासतमा पुस्तकालय स्थापना गरिएको डिएसपी किशोर लम्सालले बताए। अहिले थुनुवा हरुले विभिन्न पुस्तक पढिरहेका छन्।