मायालु यात्री !

कपालको चुल्ठीको साहारामा हिँडे दुई मायालु जोडी दैलेख बजारमा देखा परेका छन्। नारायण नगरपालिका ११ निवासी ७६ वर्षीय खड्क बहादुर विश्वकर्मा र उनको जीवनसंगिनी जयसारा विश्वकर्मा दैलेख वजारमा कपालको चुल्ठी समातेर यात्रा गर्दै गर्दाको अवस्थामा देखा परेका हुन्। विवाह पछि अचानक दृष्टिविहीन भएका खड्क बहादुर विगत दुई दसकदेखि श्रीमतीको चुल्ठीको साहारामा आवातजावत गर्दै आएका हुन्। श्रीमानले चुल्ठो समाउँदा आफूलाई नदुख्ने र श्रीमतीको चुल्ठो समातेर यात्रा गर्दा आफू ढुक हुने यो जोडी भनाई छ। उनीहरु घरमै बास जन्य सामग्रीहरू बाट निर्मित हुने डोको नाग्लो लगाएतका सामान निर्माण गरी  दिनचर्या गर्दै आएका छन। एक्कासी यस्तो अवस्थामा यी मायालु यात्रीलाई देख्दा देख्नेहरु निकै रोमाञ्चित भएका थिए। शब्द/तस्बिर अभिषेक अनुराग