भूकम्प सम्बन्धी जानकारी

1990 साल माघ 2 गते 2:24 मा गएको 8.2 रेक्टरको महा भुकम्पको स्मृतिमा नेपाल सरकार गृह मन्त्रालयको संयोजकत्वमा 2055 साल माघ 2 गते देखि भुकम्प सुरक्षा दिवश मनाउदै आईरहेको छ।“ भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यक्रमहरु संचालन गरी २७ औँ भूकम्प सुरक्षा दिवस यस पटक पनि देशैभर मनाउने कार्यक्रम रहेको छ। भुकम्प के हो भनेर कसैले कसैलाई बुझाउन नपर्ने गरी 2072/1/12 11:56 मिनेट 7.6 रेक्टर स्केल को गोर्खा भुकम्प र 2080/7/17 23:47 मा 5.7 मेग्नेच्युडको जाजरकोट भुकम्पहरु गइ क्रमश 7885 र 157 जनाको ज्यान लिइ हाम्रै आखा आगाडि कहिल्यै नभुल्ने पिडा दिएर गएको कुरा सवैलाई सर्वविदितै छ।

भुकम्प प्राकृतिक विपति भएकोले यसलाई कसैले पनि रोक्न सक्दैन र यो आफैले जनधनको क्षति पनि गर्दैन मानव निर्मित कम्जोर संरचना भत्केर क्षति हुनेभको ले नेपाल सरकारले यसबाट कम क्षति हुन बनाएका ऐन कानूनहरु हुबहु पालना गरी वलियो भवन तथा संरचनाहरु निर्माण गर्नु गराउनु पर्दछ। नेपाल सरकारले भवन ऐन 2055 जारी गरेको छ। यसलाई समय सापेक्ष संसोधन गर्दै आएको छ भने पछिल्लो पटक 2075 मा संसोधन भएको छ। यहि कानूनले निर्दिष्ट गरे बमोजिम भवन नियमावलि 2066 जारी गरेको छ। त्यसै गरी राष्ट्रिय भवन निर्माण संहिताहरु बनाई राजपत्रमा प्रकाशित समेत भैसकेको छ। जसमा 23 वटा भाग राष्ट्रिय भवन संहिताहरु प्रकाशसन भएका छन। यसै अनुरूप तालिम प्राप्त कालिगढ/ दक्ष प्राविधिकहरुको सल्लाह अनुसार भवन निर्माण गरेमा सुरक्षित संरचना/ भवन निर्माण हुनेछ।

 

कमल कुमार दर्लामीमगर,  नि. कार्यालय प्रमुख,  संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेत