कांग्रेस उपसभापति खड्का सुर्खेतमा

वीरेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का सुर्खेत आइपुगेका छन् । स्थानीय तह निर्वाचन केन्द्रीत चुनावी सभालाई सम्बोधन गर्न उपसभापति खड्का आज सुर्खेत आएका हुन् ।

खड्काको गृहजिल्ला समेत रहेको सुर्खेतमा उनलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

खड्काले आजै लेकबेशी नगरपालिकाको कल्यान र भेरीगंगा नगरपालिकाको छिन्चुमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरि, उपसभापति खड्काले सोमबार विहान ८ बजे वीरेन्द्रनगरको पिपलचौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

खड्काले मंगलबार विहान ८ बजे सिम्ताको गोजीबजार र मंगलबारै दिउँसो १२ बजे गुर्भाकोट नगपालिकाको मेहेलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ ।