पछिल्लो २४ घण्टामा १,९५७ संक्रमित

काठमाडौं : कोरोना भाइरसबाट देशभर पछिल्लो २४ घण्टामा १,९५७ संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।