काँक्रेबिहारमा मिनी चिडियाखाना बनाउने खड्को प्रतिबद्धता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९ मा गठबन्धनले चुनावी आमसभा गरेको छ । चुनावी आमसभालाई सम्बोधन गर्दै सयुक्त गठबन्धनका नेपाली कांग्रेसबाट वीरेन्द्रनगरको नगरप्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले आफू मेयर पदमा निर्वाचित भए वीरेन्द्रमगर ९ का पर्यटकिय सम्पदालाई प्रमुख पर्यटकिय गन्तव्य बनाउने बताएका छन् ।

वीरेन्द्रनगर ९ मा रहेको पर्यटकिय सम्पदा काक्रेबिहारलाई कसरी प्रमुख पर्यटकीय स्थल बनाउने योजना तथा मिनि चिडियाखाना कसरी बनाउन सकिन्छ भन्ने आफ्नो पर्यटन विकासको महत्वपूर्ण योजनाहरु वडाबासीमाझ बताउनुभएको छ । यस्तै अधेरी गुफा तथा सक्तिकाडालाई पर्यटकीय स्थल बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

चौधरी समुदायको बस्ती रहेको वीरेन्द्रनगर ९ को अर्को प्रमुख समस्या हो चौधरी समुदायलाई लाग्ने सिकलसेल एनिमिया जसको उपचार अहिले सुर्खेतका अस्पतालमा हुदैन यो रोगको लागि सुर्खेतबाट नेपालगन्ज जाने समस्या अन्त्य गरि नगर अस्पतालमै यसको उपचार हुने व्यबस्था गरि यो समस्या अन्त्य बाचा गरे ।

वीरेन्द्रनगर ९ का युवाहरुलाइ रोजगारमा लगाउने, पछिल्लो समय कुलतमा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ यसलाई अन्त गर्ने भौतिक संरचनाको निर्माण दिगो हुनेगरि सम्पन्न गर्ने, फोहोर व्यवस्थापन गर्ने, स्वास्थ, शिक्षाको गुणस्तरीय बनाउने र समग्र वडाको बिकासका लागि लागिपर्ने प्रतिबद्धता मेयर पदका उम्मेदवार खड्काले गरेका छन् ।