कर्णालीका मुख्यमन्त्री शाही कार्यसम्पादन समितिमा


कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही कांग्रेस नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत हुनु भएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।
कांग्रेस विधान अनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भएपनि आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री शाही सहित ३७ जनालाई कार्यसम्पादन समितिको सदस्यमा मनोनित गरेका छन ।

सभापति शेरबहादुर देउवाकाे निर्देशनमा महामन्त्री गगन थापालाई बैठकमा २४ जनाको नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए । बैठकले उक्त नाम सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो । कार्यसम्पादन समितिमा पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको छन ।
सभापतिले ३१ जना केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा राख्ने पाउने व्यवस्था छ । तर आज उनले २४ जनालाई मात्र कार्यसम्पादन समिति सदस्य बनेका छन् । २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेकाले देउवाले कार्यसम्पादन समितिलाई पूर्णता नदिएको पाइएको छ ।
आजको भर्चुअल बैठकले कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहने छन् ।

केन्द्रीय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादन समितिमा अटाएका छन् ।