गगन थापा दैलेख आउने

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा दैलेख आउने भएका छन्। नेपाली कांग्रेसको तेस्रो जिल्ला सम्मेलन उद्घाटन समारोहको प्रमुख अतिथि भएर दैलेख आउन लागेका हुन्। दैलेख बजारको टुनीखेलमा हुने आमसभालाई समेत थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका प्रचार संयोजक मातृका रिजालले बताए। कांग्रेसले उपसमितिहरू गठन समेत गरेको सो समितिलाई सम्मेलनमा जुड्न आग्रह गरिएको पार्टी सभापति मणिराम रेग्मीले बताए। दैलेख कांग्रेसको पदधिकारीहरू बैठक भोलि बस्दैछ। बैठकबाट थप जिम्मेवारी नेताहरू दिने बुझिएको हो। गगन थापाको कार्यक्रम हेर्न जिल्लावासीहरू निकै उत्साहित भएको महाधिवेशन प्रतिनिधि एवं युवा नेता भूपेन्द्र शाहीले बताए। सम्मेलनको उद्घाटन १९ गते १२ बजे गर्ने तयारी गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवं केन्द्रीय कार्यसम्पादन सदस्य जीवन शाही समेत आउने भएका हुन्।