पेट्राेलियम पदार्थकाे मूल्यवृद्धिकाे विराेधमा विप्लवद्वारा नेपाल बन्दकाे घाेषणा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको ज्यादती र मनपरिबिरुद्ध नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन नसक्ने भन्दै नेपाल बन्दसहित आन्दोलनको घोषणा गरेको हो ।

नेकपाले सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गरेको छ। साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग अपिलसमेत गरेको छ । पार्टीका महासचिव विप्लवले बिहीबार एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् । महासचिव विप्लवले २५ दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक २६ गते प्रचार प्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते देशव्यापी प्रदर्शन: दिउँसो १ बजेदेखि २ बजे १ घण्टा कातिक २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुसल इन्दमा कार्यक्रमहरू घोषणा गरेका हुन् ।

“जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य वृद्धि गरियो । जसअनुसार रु. ४७मा आयात गरिने पेट्रोलियम रु १३३ मा बिक्रि गरिने छ ।

विज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल विक्रि गर्न सकिन्छ। दैनिक रुपमा असुल गरिने यो सरकारी लूट कुन प्रयोजनमा लगानी गरिन्छ ? विज्ञप्तिमा भनिएको छ । जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि माग गरेको छ ।