वेदविद्या आश्रमलाई सामग्री सहयोग

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा जिल्ला कार्य समिति दैलेखले लत्ता कपडा सहितको खाद्यान्न वितरण गरेको छ।बसन्तमाला वेद विद्या आश्रममा वितरण गरेको हो दैलेखका १० जना बटुकहरुलाई खाद्यान्न ,कपी कलम, झाेला, गेरु बस्त्र, धाेती लगायतका सामग्रीहरू वितरण गरेको हो। युनियनको ३५औं स्थापना दिवस अवसरमा आश्रमलाई सहयोग स्वरूप सानो प्रयास गरेको कर्मचारी युनियन दैलेखका अध्यक्ष दिनेश खड्काले बताए।