नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही) ले सभापति, उपसभापति र महामन्त्री उम्मेदवार आकांक्षीहरूकै जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ भइरहेको बताएका छन्।सानेपामा आइतबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका रसाइलीले आफ्नो जिल्ला, क्षेत्र र वडामा क्रियाशील सदस्यता नवीकरणमा भइरहेको ढिलाइप्रति चासो नराख्नेहरूले महाधिवेशन ढिलाइ भयो भनेर आलोचना गर्ने गरेको बताए। क्रियाशील सदस्यताकै विषयमा बुझ्न देश दौरामा निस्किएका रसाइलीलेक्रियाशीलको काम जति छिटो सक्यो उति नै छिटो महाधिवेशन हुनेतर्फ ध्यान दिन पनि उनले आग्रह गरेका छन्।‘सभापति, उपसभापति र महामन्त्रीलगायत पदमा उम्मेदवारी आकांक्षा राख्ने शीर्ष नेताहरूकै जिल्ला, क्षेत्र र वडामा क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ भइरहेको छ, पहिले त्यता ध्यान दिनुस्,’ उनले भने, ‘आफ्नै जिल्लामा क्रियाशील ढिलाइ भइरहेको छ अनि यहाँ आएर महाधिवेशन ढिलो भयो, क्रियाशील नवीकरण सकिएन भनेर आलोचना गरेर के अर्थ? आफ्नो धरातल हेरेर टीकाटिप्पणी गरौं।’उनले सभापति, उपसभापति र महामन्त्रीलगायत पदमा दुई सय जनाभन्दा बढी आकांक्षी रहेको र उनीहरूकै ठाउँमा नवीकरण नटुंगिएको बताए। ‘वडादेखि नै क्रियाशील सदस्यता छिटो टुंग्याएर ल्याउन नेताहरूले भूमिका खेल्नुपर्यो,’ उनले भने रसियाली नेपाली कांग्रेसका प्रभावशाली युवा नेता हुन्। उनको देशसै भारी शुभचिन्तक नेता कार्यकर्ताहरू रहेका छन्।


अनलाइन नागरिक २२ असार २०८२, आईतवार १३:२२