पर्सि बुधवारदेखि केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डाै – पर्सि बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सजिना शाक्यकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ ।

राम्रोसँग घाम नलाग्दा चिसो बढेको छ । काठमाण्डौमा आज हिजोभन्दा पनि चिसो छ । काठमाण्डौको न्यूनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव १ डिग्री सेल्सियस थियो ।