नेपाल इन्जिनियर्स एशोसिएसनको उपाध्यक्षमा कर्णालीका केसी निर्वाचित।

इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा दैलेखका इन्जिनियर प्रकाश केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। नेपाली कांग्रेस निकट संस्था सिडेन बाट निर्वाचित भएका हुन्।उपाध्यक्षमा इ.प्रकाश केसीले प्रतिद्वन्दी ई.सुमन योगेसलाई २१२० मतान्तारले ४४७१ मत सहित पराजित गरेका हुन। सबभन्दा कम उमेरमा धेरै मतान्तरको विजयले इतिहास रचेका हुन्। प्रकाश भने मलाई खुसी लागेको छ, इन्जिनियर समुदायको साथै देश प्रति अझ धेरै जिम्मेवार बनाएको महसुस भएको छ। केसी, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, र महासमिती सदस्य समेत हुन्। गृह जिल्ला दैलेखमा उनलाई मेहनती इमान्दार व्यक्तित्वको रुपमा हेर्छन भने राजनीतिमा निकै सम्भावना बोकेको उदयमान नेताको रुपमा हेरेका छन्। संस्था स्थापनाको ६० वर्षको इतिहासमा केन्द्रीय उपाध्यक्ष पदमा पहिलो पटक कर्णाली प्रदेशले यो जितको अवसर प्रकाशले दिएका हुन्। अध्यक्षमा ई.सुवासचन्द्र बराल सहित १८ सदस्य प्यानलनै बिजयी भएको थियो एमाले निकट पिनलाई भारी मतले पराजीत गरेको हो।