तिम्रो सुन्दरतामा न शब्द न तस्वीरमा समेटिन्छ: गैह्रे

भर्खरै मात्र प्रमुख जिल्ला अधिकारीको भूमिकामा दैलेख जिल्ला आउनुभएका बर्दिनाथ गैरेले आज दैलेखको चर्चित धार्मिक तथा पर्यटकीय स्थल पुगी महाबु लेखको शब्द मार्फत तारिफ गर्दै ( तिम्रो सुन्दरता न शब्द न तस्विरमा समेटिन्छ यस्तो मनमोहकता दुनियाँमा विरलै भेटिन्छ,अचम्मको कुरा के का पछि दुस्मनी गर्दैछौं हामी नियाली हेर त प्रकृतिको कति राम्रो सेटिङ छ…) भने शब्द रचना मार्फत महाबुको सुन्दरताको बयान गरेका हुन। कर्णाली प्रदेशकै धार्मिक पर्यटन को दृष्टिकोणले प्रचुर सम्भावना बोकेता पनि बाटो , होटेल, लगायतका संरचना नहुँदा ओझेलमा परेको छ। ४१३८ मिटर उचाइमा रहेको यस क्षेत्रको प्रचारप्रसारमा सरोकारवाला निकाय ध्यान जान जरुरी देखिन्छ।