समाजसेवी सुशीला भारत गौरव सम्मान बाट सम्मानित

भारतमा समाजसेवी सुशीला थापा ‘भारत गौरव सम्मान, २०२३’ बाट सम्मानित भएकी छिन।उनीलाई विश्व मानव अधिकार परिषदले उक्त सम्मानबाट विभुषित गरेको हो। जेष्ठ १४ गते लखनऊ स्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवं नेपाललगायत बिभिन्न मुलुकका नागरिक हरु सहित सम्मान प्रदान गरिएको हो।

सो अवसरमा उच्च प्रहरी अधिकारी, सामाजिक अभियान्ता, पत्रकार, कलाकार, चिकित्सक लगायतलाई मेडल, प्रमाणपत्र एवं ट्रफी बाट सम्मानित गरियो। जसमा कास्मीरका आईजिपी कार्फ एम.एस भाटिया, आईपिएस डि.आई.जी सभाराज, सुजित कुमार सिंह, आईपिएस अफिसरहरु सिमआ नावी, तनुश्रीलाई लाईफटाईम एचिवमेन्ट अवार्ड समर्पण गरिएको थियो।

भारतमा प्रसिद्दि कमाएका टिभी आर्टिस्ट रेखा शर्मा, सामाजिक अभियान्ता एवं कलाकार ममता राजपुत, टप न्युजकी निधी सिंहलगयतले उक्त अवार्ड प्राप्त गरेका छन। विश्व मानवाधिकार परिषदका अध्यक्ष डा. एम. आर. अन्सारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनवासल हक, राम अकवाल, बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो। सुशीला लामो समय देखि नेपालमा समाज सेवाको काम काम गर्दै आएकी थिइन् ।उनीले महिलाको मानव अधिकार सम्वन्धी आवाज उठाउँदै आएकी हुन। आफ्नो कामको अन्तर्राष्ट्रिय स्तरमै मूल्यांकन भएकोमा खुसी लागेको बताइन्।