सल्यान दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो, ८ घाइतेलाई हेलिकप्टरबाट कोहलपुर लगियो

सल्यान : सल्यानमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। मृतकमध्य १० जनाको सनाखत भएको छ।
सनाखत भएकाहरू सल्यानको शारदा नगरपालिका १२ कि हाल दाङको तुलसिपुर उपमहानगरपालिका(६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका(२ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका ३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिक  ४ बुने ६० वर्षीया डुलि रेउले छन्।

यसैगरी दुर्घटनामा दाङको बबई गाउँपालिका ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यानको छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओलीको पनि मृत्यु भएको छ। यस्तै दाङ शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया सावित्रा केसी, र दाङ कोरवाङकी ५ वर्षीय सुरज ओली रहेका छन् । १० महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको हो । दुई बालबालिकासहित थप दुई मृतकको सनाखत हुन बाँकी छ।

आइतबार बिहान भएको ना २ ख २५५२ नम्बरको दुर्घटनामा परेको बस सडकबाट २ सय मिटर तल खसेको खसेको थियो। सल्यानको दुलधारा पोखराबाट दाङको तुलसीपुरका लागी छुटेको बस बिहान ११ बजेतिर कपुरकोट ४ खारखोला नजिकै दुर्घटनामा परेको हो।

बसमा ४१ जना यात्रु रहेको सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाले बताए। घाइतेहरूको सल्यानको श्रीनगर र जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ। घाइते मध्य ८ जनालाई थप उपचारको लागी हेलिकोप्टरबाट बाकेको कोहलपुर लगिएको डिएसपी थापाले बताए।

मृत्यु हुनेहरू अधिकांश तिहार मानेर फर्कंदै थिए। तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ। बस चालक फरार रहेका छ्न।