नेपाली कांग्रेसका दैलेखका नेता स्वर्गीय जगतजंग थापाको धर्मपत्नी सरस्वती देवी थापाको केही दिन अगाडि निधन भयो। अनि सुरु भए उनको क्रियाक्रम कसले गर्छ भनेर। किन भने उहाँको कोखबाट छोरा जन्मिएका थिएनन। तर उनको कोखबाट आज्ञाकारी र अनुशासित छोरीहरू जन्मिएका थिए। समाजमा रहेको विद्यमान संस्कार बमोजिम मातापिताको निधनपछि क्रियाकाजको काम छोराहरूले गर्नुपर्छ मान्यता छ। छोरीहरूले पनि गर्न सक्छौ र त्यो हामी गर्छौं भन्ने गर्बिलो आवाज उहाँको छोरी हरूबाट उठ्यो र अहिले उहाँका छोरीहरूले नै क्रियाक्रमको काम गर्नु भएको छ। छोरीहरु सुशीला, मिना ,टीका, एलिजा, अम्बिका, सुनिताले समाज परिवर्तनको अदम्य अठोट प्रकट गरेका छन्। तिनै दिदीबहिनी मध्यका तीन दिदीबहिनीहरू मिना टीका अम्बिकाले अहिले क्रिया संस्कार काम आफै गरिरहेका छन्। थापा परिवारको यो गतिलो उदाहरणले छोरा र छोरीमा हुने विभेदको समेत अन्त्य हुने विश्वास समाजका अगुवाहरूले गरिरहेका छन्। नेपाली कांग्रेसका दैलेखका विद्वान नेता जगतजंग थापा दैलेखी राजनीतिको चर्चित नाम हो। उहाँको सुपुत्री बाट गरिएको यो साहसी कार्यले स्वर्गीय नेताको मृत्युपछि पनि उनको नाम छोरी हरुले उच्च राखेका छन्। समाजमा अहिले यो कार्य छोरीहरूले गर्नु हुँदैन भन्ने मान्यता छ। अब हरेकका छोरीहरूले छोरा नभएको घरमा पनि छोरीले पनि यो काम गर्न सक्छन् भन्ने सन्देश समाजमा गयो भने छोरा र छोरी बीचको विभेद पनि अन्त्य भयर जाने छ। उहाँका सबै छोरी हरु आ-आफ्नो ठाउँमा कोही राजनीतिकमा, कोही जागिर ,र कोही व्यवसायमा आबद्ध छन्। स्वर्गीय सरस्वती देवी थापाको २०८१/१२/१९ काठमाडौँमा ७७ वर्षको उमेरमा निधन भएको थियो।


अनलाइन नागरिक २४ चैत्र २०८१, आईतवार २२:१०