मिस एण्ड मिसेस क्वीनको उपाधी प्रकृति र विनालाई

काठमाडौ । मिस एण्ड मिसेस क्वीन भव्य रुपमा सम्पन्न भएको छ। २०२४ को उपाधी प्रकृति पौडेल र विना श्रेष्ठले हासिल गरेका छन्। ओशिस इन्टरटेनमेण्ट एण्ड इभेन्ट्स हवद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित भएको थियो। कडा प्रतिस्पर्धी बाट पौडेलले मिस र श्रेष्ठले मिसेसतर्फको उपाधी हात पारेका हुन् । मिसतर्फ ५ र मिसेसतर्फ १५ प्रतिष्पर्धीहरु अन्तिम स्पर्धामा रहेका थिए । प्रतियोगिता अन्तर्गत मिसतर्फ आकृति गुरुङ्ग फष्ट रनरअप, टिका कार्की मोष्ट पपुलर र कोपिला घर्ती अर्गानाइजर च्वाइसको उपाधि जितेका छन् भने मिसेसतर्फ एलिना उप्रेती फष्ट रनरअप, रमा सेजाल सेकेण्ड रनरअप, अनिषा मल्ल अर्गानाइजर च्वाइस र मेनुका प्रधानले पब्लिक च्वाइसको उपाधि प्राप्त गरेकी छन्।मिस एण्ड मिसेस क्वीन २०२४ ओशिस इन्टरटेनमेण्ट एण्ड इभेन्ट्स हवर ब्राइट फ्यूचर डान्स सेन्टरको संयुक्त आयोजनामा सम्पन्न भएको हो। विजेता प्रतियोगीहरुलाई थाइल्याण्ड टुर प्याकेजमा सहभागी गराइनुको साथै उपाधिको ताज पहिर्याई सम्मान प्रमाणपत्र प्रदान गरिएको थियो।आयोजित कार्यक्रम चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतित्थ्यतामा उद्घाटन गरिएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका ख्यातीप्राप्त नायक(नायिका, गायक गायिका, मोडल, रङ्गकर्मी, व्यवसायी, समाजसेवीलगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो। देशमा आफ्नो आफ्नो पेशामा अवधि हुँदै आएका महिला पुरुषहरूलाई आत्म सम्मान , सबैको सहभागिता, र आत्मबल बढाएर समाजमा यी व्यक्तिबाट सकारात्मक सन्देश दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको सञ्चालिका सुशिला थापाले बताइन्।