कौशधन वैश्य समाजलाई नगर प्रमुख राणाको तलब र भत्ता सहयोग

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जस्थित कौशधन वैश्य समाजलाई तलबभत्ता सहयोग गर्नुभएको छ ।आफू नगर प्रमुखमा निर्वाचित हुनासाथ मासिक तलबभत्ता हरेक सामाजिक कार्यमा सहयोग गर्ने वाचा गर्नुभएका नगर प्रमुख राणाले शनिबार वैश्य समाजमा पुगेर एक महिनाको तलब र भत्ता गरि चालिस हजार रुपिया कसौंधन बैश्य समाज समितिका अध्यक्ष नन्द लाल बैश्य लाई हस्तान्तरण गर्नु भएको छ । सो अवसरमा नगर प्रमुख राणाले आफ्नो सुविधा सामाजिक संघ संस्थामार्फत सामाजिक कार्यमा खर्च गरिरहेको बताउनुभयो ।उहाँले कसौंधन बैश्य समाज लाई मात्र नभएर दुखी, गरीब, असाय , जस्तालाई आफूले सक्ने सहयोग गर्ने गर्नु भएको छ ।

समाजमा बसी सबै समुदायलाई आफनो आपसी सहयोग, सामाजिक सदभाव र सेवामा समर्पित समाजले गर्नु पर्ने र आफूले गर्नु पर्ने काय प्रति सकारात्मक रहेको , र विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एउटा विशेष महत्व राख्ने गरी सामाजिक कार्यलाइ सहारा बन्दै आई रहनु भएको छ , समाज र कसौंधन बैश्य समाज अगुवा बैश्यले नेपालगञ्जको नगर प्रमुखमा डा. राणा निर्वाचित भएपछि नेपालगन्ज बासीमा खुसीको सिमानै रहेन ,किनकी विकास निर्माणले गति लिएको देखदा यहाँका बाटो घाटो र सफा र समृद्ध नेपालगन्ज बनाउनु भयको हुनाले बाँके बासी खुसी भएको , बताउनुभयो ।

उक्त कसौंधन बैश्य समाजको उथानको लागि सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री ऋषि राज देवकोटा राप्रपा वडा नम्बर ३ इकाई अध्यक्ष अमन गुप्ता ,कसौंधन बैश्य युवा मञ्चका अध्यक्ष आदित्य गुप्ता र कसौंधन बैश्य समाज उपाध्यक्ष निखिल बैश्य र महिला मञ्च अध्यक्ष सीता बैश्य लगाएत पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।