निःशुल्क दन्त स्वास्थ्य शिविर नौमूलेमा

दैलेखको दुर्गम मानिने नौमुले गाउँपालिकामा दन्त स्वास्थ्य शिविर सञ्चालन भएको छ। दाँत बिरामीहरूको उपचारका लागि निःशुल्क तीन दिने शिविर सञ्चालन गरिएको छ। सगरमाथा फाउन्डेसन हेल्थ केयर नेपाल नौमुले गाउँपालिकाको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो। दैलेखी सेवा समाज काठमाडौँ र भोलन्टर एण्ड रिसर्च फाउन्डेसन नेपाल काठमाडौँको समन्वयमा भइरहेको शिविरमा अाण्डा नेपालको प्राविधिक सहयोग रहेको दैलेखी सेवा समाज काठमाडौँका अध्यक्ष प्रताप शाहीले बताए। आफ्नै गाउँपालिकामा आएर सेवा गर्दा बेग्लै खुसी लागेको शाहीले बताए। स्वास्थ्य शिविरको लागि काठमाडौँबाट चार जना विशेषज्ञ डाक्टर ११ जना स्वास्थ्यकर्मीको टोली सेवामा खट्टिएका छन्। भोलन्टर एण्ड रिसर्च फाउन्डेसनका अध्यक्ष बिनोद अधिकारीले दैलेख जिल्लाको यो दुर्गम बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्दा खुसी लागेको बताए। शिविरको उद्घाटन भने पूर्व प्रतिनिधि सभा सदस्य पार्वती बिसुङ्खे गरेकी थिइन् कार्यक्रममा बोल्दै सेवा नै सबै भन्दा ठूलो धर्म भएकोले आयोजक प्रति धेरै धन्यवाद दिएकी थिए। अहिले सम्म सात सय भन्दा वढी मानिसले सेवा लगिसकेको नौमुले गाउँपालिकाको अध्यक्ष छविराम सुवेदीले बताए।