दैलेख महोत्सव आज सम्पन्न।

दैलेख सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ आज भव्य रुपमा सम्पन्न भएको छ। दैलेख बजारको काँडाचरमा चलेको दैलेख महोत्सव यही चैत २७ गते भव्य उद्घाटन भएको थियो। उद्घाटन कर्णाली सरकारका प्रवक्ता एवं कृषिमन्त्री विनोद शाहले उद्घाटन गर्नुभएको थियो। स्थानीय कला संस्कृतिको जगेर्ना सँगै दैलेखको पर्यटन विकाशमा टेवा पुर्‍याउने उद्देश्यका साथ ११ दिन चलेको महोत्सवले पूर्णरूपमा उद्देश्य पूरा गरेको आयोजकलको दाबी छ। महोत्सव अवधिभर स्थानीय कलाकार सँगै स्थानीय कला संस्कृतिको प्रदर्शनी गर्नुका साथै देशकै चर्चित नायक पल शाह, गायक प्रकाश सपुत लगायतका अन्य चर्चित कलाकारले दैलेख महोत्सवमा उपस्थिति जनाएका थिए। यो कार्यले जिल्लाको पर्यटन प्रचारप्रसार मा उल्लेखनीय योगदान पुराएको छ। महोत्सव अवधिभर जिल्लावासीहरूले सस्तो सुलभमा दैनिक उपभोग्यका सामग्री खरिद गरेको पनि पाइएको छ। नारायण नगरपालिका वार्ड नम्बर ९ स्थित देवीसरा नेपालीले छोराछोरीका लागि सस्तोमा लत्ता कपडा किनेको बताइन। आज अन्तिम दिन महोत्सव हेर्नेभन्दा पनि कपडा किन्न आएको नेपालीले बताउनुभयो। आज समापन कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवं मूल समारोह समितिका संयोजक भूपेन्द्र शाहीले, महोत्सव सफल पार्नका लागि आआफ्नो ठाउँबाट योगदान दिने सम्बन्धित निकायलाई धन्यवाद दिनुभयो। शाहीले भन्नुभयो यो वर्षको महोत्सव धेरै कारणले ऐतिहासिक भयो। किन भने सम्पूर्ण जिल्लावासीले साथ समर्थन दिएको कारणले पनि पूर्ण रुपमा सफल भएको बताउनुभयो। भने कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक मेयर चन्द्रप्रसाद उपाध्यायले यस सालको महोत्सव अर्थपूर्ण रहेको भनाई छ।