स्वर्गीय नेता थापाको सम्झनामा :बुद्धिचाल प्रतियोगिता

जगतजंग थापा मेमरियल ट्रस्टको आयोजनामा जिल्ला स्तरीय जगजंग थापा स्मृति बुद्धिचाल प्रतियोगिता आज दैलेख सदरमुकाममा सम्पन्न भएको छ। बुद्धिजाल प्रतियोगिताको खुल्लातर्फ प्रथम मदन पाण्डे, दोस्रो सर्जन प्रसाद पाण्डे।, तेर्सोमा तेजेन्द्र कुमार थापा विजय प्राप्त गर्नुभएको थियो भने छात्रा तर्फ प्रथम स्थानमा भने विवेक शाही, दोस्रो स्थानमा अनुराग आचार्य, तेर्सो स्थानमा सिताराम न्यौपानेले विजय हासिल गरेका हुन। भने महिलातर्फ प्रथम हेमा खड्का दोस्रो स्थानमा निर्मला कुमारी खड्काले विजय प्राप्त गरेका छ्न्।कर्णाली प्रदेश खेलकुद बिकास परिषद सुर्खेतको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरेको पक्षले जानकारी दिएको छ। आजै ट्रसको क्षेत्रभित्र वृक्षारोपण समेत गरिएको छ। स्वर्गीय नेता थापाको धर्मपत्नी सरस्वती देवी थापाको हातबाट वृक्षारोपण गरिएको हो। स्वर्गीय नेता थापाको बुद्धिचाल खेलमा निकै रुचि रहेकोले यो प्रतियोगिताको आयोजना गरिएको छोरी टिका थापाले बताईन। ट्रस्टले दैलेखमा स्वर्गीय नेता जगतजंग थापाको सम्झनामा विभिन्न खाले कार्यक्रम गर्दै आइरहेको छ।