सरकार आफ्नै कारणले छिट्टै ढल्छ: पूर्व परराष्ट्रमन्त्री साउँद

नेपाली कांग्रेसका नेता पूर्व परराष्ट्रमन्त्री एनपी साउँदले सरकार आफ्नै कारणले छिट्टै ढल्ने बताएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय सम्मेलनमा बोल्दै उक्त कुरा बताएका हुन् । साउँद भने गठबन्धन गर्नु पार्टीको बाध्यता रहेको समेत बताएका हुन्।

क्षेत्रीय सभापति दशरथ खड्काको अध्यक्षतामा चलेको उक्त सम्मेलनले ऐतिहासिक निर्णय समेत गरेको जनाएको छ। क्षेत्र नम्बर १ मा रहेका छ वटा पालिकामा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, वडा र पालिकामा रहेका पार्टीका शहीदहरूको स्मृतिमा स्मृति सभा सञ्चालन गर्ने, नेपाली कांग्रेसको अग्रज नेताहरूको नाममा विशेष कार्यक्रम सञ्चालन गर्ने, सक्रिय सदस्यता लाई पुन कार्यकर्ता माझ लैजाने,गाउँ टोल र पालिका स्तरका पुराना नेता कार्यकर्ताको घरमा भेटघाट अभियान चलाउने, लगायतका कार्यक्रमहरू सम्मेलनले पारित गरेको क्षेत्रीय सचिव प्रकाश न्यौपानेले बताए ।

दैलेख सदरमुकामको जिल्ला समन्वयको हलमा भएको औपचारिक कार्यक्रममा बोल्ने  अधिकांश नेता कार्यकर्ताले अब नेपाली कांग्रेस एक ढिक्का भएर जिल्लामा जानुपर्ने यस जिल्लामा लामो समयदेखि गठबन्धन गर्दा आम नेपाली कांग्रेसका नेता कार्यकर्तामा पार्टी प्रति वितृष्णा देखापरेको हुँदा जिल्लामा गठबन्धन गर्न आवश्यक नरहेको भनाई राखेका थिए।