नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ। प्रदेश सभा क्षेत्र नम्बर १ ख प्रदेशको अधिवेशन आज पार्टी कार्यालयको हलमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दैलेखका पार्टी सभापति एवं कार्यक्रमका प्रमुख अतिथि मणिराम रेग्मीले कांग्रेसको अब हुन लागेको जिल्ला सम्मेलनमा शक्ति प्रदर्शन गरेर कांग्रेस दैलेखमा नम्बर १ पार्टी भएको जानकारी जनतालाई गराउनको लागि सम्पूर्ण नेता कार्यकर्ता हरू लाई अब हुने जिल्ला सम्मेलनमा केन्द्रित हुन आग्रह गरे, भने प्रदेश सचिव सूर्यमान साउतले केही वडा र पालिकाहरुमा मा झिनो मतान्तरले हारे पनि नेपाली कांग्रेस यस प्रदेशमा सांगठनिक हिसाबले बलियो भएको जिकिर गरे, भने प्रदेश सभापति कार्यक्रमका सभापति भदे बुढा मगरले यस प्रदेशका पालिकाहरु र वडाहरू, प्रदेश सभामा नेपाली कांग्रेसको उम्मेदवारले विजय हासिल गरेको खण्डमा कसरी काम गर्ने भन्ने विषयमा आफूले घोषणापत्र तयार गर्न लागि परेको र केही महिनामै सार्वजनिक गर्ने र सोही ढङ्गबाट पार्टी सञ्चालन गर्ने र सत्तामा पुगिसके पछाडि सोही घोषणापत्र लागू गर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य गणेश उपाध्याय, नारायण नगर सभापति मनोज थापा, युवा नेता झलक भण्डारी महिला संघको कार्यवाहक अध्यक्ष दुर्गा श्रेष्ठ, दलित सङ्घको केन्द्रीय सदस्य रेशम विश्वकर्मा लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।


अनलाइन नागरिक ९ जेष्ठ २०८२, शुक्रबार १५:१६