शान्ति समाजले मनायो गणतन्त्र दिवस

मानव अधिकार तथा शान्ति समाज दैलेख द्वारा १७ औं गणतन्त्र दिवसको अवसरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ।आज डुंगेश्वर गाउँपालिकाको चुप्रा बजारमा रङ्गेली सहित प्रदर्शन गरेको। लोकतान्त्रिक गणतन्त्रमा असललाई जिम्मेवारी खराबलाई दण्ड भन्ने मूल नारासहित कार्यक्रम गरिएको शान्ति समाज दैलेखका अध्यक्ष इन्द्र केसीले बताए। समाजले पछिल्लो चरणमा दैलेखमा सुशासन अल्पसंख्यक जाति समुदायको विषयमा समेत आवाज उठाउँदै आइरहेको छ।